Wednesday, November 23, 2011

फ्रेन्च अर्केस्ट्रा फ्लेवरमा ‘स्नो फ्लावर्ज’



snow_flowers_home_400धन्यवाद छ, अन्तराष्ट्रिय मिडियाहरूलाई जसले नेपाली सिनेमा ‘स्नो फ्लावर्ज’लाई समाचारमा स्पेस दिइरहेका छन् । एएफपीले त यसलाई हलिउडको ‘व्रोकब्याक माउन्टेन’सँग तुलना गर्‍यो । हफिङटनपोस्ट, न्यूयोर्क टाइम्स, बैंककपोस्टसहितका जतिपनि अनलाइनले ‘स्नो फ्लावर्ज’लाई लेखेका छन् –सबैले एउटै बहस उठाएका छन् । त्यो हो –समलिंगीप्रति पूर्वी एसियाको अनुदार नीतिका बीच यो नेपाली फिल्मले सामाजिक मान्यता पाउला कि नपाउला ?

बहसको जिम्मा क्रिटिक्सहरूलाई छाडिदिऊँ र चर्चा गरौं ‘स्नो फ्लावर्ज’को सांगीतिक पक्षबारे । सम्भवतः पहिलोपटक युरोपेली संगीतकारले कुनै नेपाली सिनेमामा संगीत दिएका छन् । फ्रेन्च सिने अर्केस्ट्राम्यान सिल्भेन मोरिजेट यसका संगीतकार हुन् । ‘थ्री अभ लाइफ’, ‘स्ट्रेन्जर लाइफ अभ बेन्जामिन’जस्ता हिट सिनेमामा अर्केस्ट्रा संगीत भरिसकेका मोरिजेटले के नेपाली माटो सुहाउँदो संगीत भर्न सक्लान् ? ‘हो, हामीसँग यही चुनौति थियो । संगीतलाई भौगोलिक सीमाले छेक्न सक्दैन र संगीतको आफ्नै भाषा हुन्छ’ पोस्टप्रोडक्सनका लागि पेरिस उड्न लागेका निर्देशक थापा भन्छन् ।

मोरिजेट पियानो बादक पनि हुन् । उनको संगीतमा नेपाली शाष्त्रिय ब्यान्ड कुटुम्बसहित आशिष ताम्राकार, सुजिता गुरुङ र युट्युव सेलिव्रिटी नताशा शाहले स्वर दिएका छन् । दुई अँग्रेजी ब्याकग्राउन्ड गीत छन् । बज्रयोगिनी गीतमा कुटुम्बले क्लासिक प्यार्टनको स्वाद पस्किएको छ । संगीतलाई सबैले रुचाउने थापाले बताए । ‘लेस्बियन भन्नेवित्तिकै नकारात्मक धारणा लिने चलन छ हामीकहाँ । तर, त्यस्तो किसिमले छैन । सेन्सरसिपको समस्या पर्नेछैन र पारिवारका सदस्यहरू बसेर मजाले सिनेमा हेर्न सक्छन्’ मेरोसिनेमासँग थापाले भने । इन्डक्लायप सिनेमाको यतिबेला धमाधम डबिङ भैरहेको छ । 

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Post a Comment